
फागुन १८, दैलेख
दैलेखका ४ वटा स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । यो वर्ष ४ वटा अस्पताल निर्माणका लागि संघीय सरकारले स्वीकृति प्रदान गरिसकेको छ । ७ सय ५३ स्थानीय तहमा १५ शैयाको अस्पतालन बनाउने केन्द्र सरकारको घोषणा अनुसार यो वर्ष भित्र ४ वटा पालिकामा अस्पताल निर्माण हुने भएको हो ।
दैलेखको भगवतिमाई गाउँपालिका, भैरवी गाउँपालिका, महावु गाउँपालिका र चामुण्डाबिन्द्रासैनी नगरपालिकामा १५ शैयाको अस्पताल स्वीकृत भएको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतका स्वकीय सचिव तोपेन्द्र क्षेत्रीले मन्त्रीस्तरीय निर्णयबाट दैलेखका ४ स्थानमा अस्पताल स्वीकृत भएको बताएका छन् ।
कर्णाली प्रदेशका बिभिन्न पालिकाहरुमा अस्पताल स्वीकृत भएको र त्यसको जानकारी पत्रकार सम्मेलन मार्फत गरिने क्षेत्रिले बताएका छन् ।
जिल्लाको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले गाउँपालिकाले १५ शैयाको अस्पताल निर्माण कार्यलाई अन्तिम चरणमा पु¥याएको बताएका छन् । स्थानीय सरकार गठन भएको १ वर्षको अवधिमा गाउँपालिकाका सबै राजनैतिक दल नागरिक समाज , र सरोकारवाला निकाय सँग समन्वय गरी अस्पताल निर्माणका लागि उपयुक्त स्थान भगवतिमाई गाउँपालिका वडा नं. ३ को सान्तडा छनोट गरेपश्चात १५ शैयाको अस्पताल निर्माणको सम्पन्न भएको बताए । उनले गाउँपालिकाले तेस्रो गाउँ सभाबाट १५ शैयाको अस्पताल निर्माणका लागि ६७ लाख रुपैयाँ बिनियोजन र कर्णाली प्रदेश सरका आर्थिक तथा योजना मन्त्रालयबाट १ करोड रकम बिनियोजन गरेपश्चात गाउँपालिकाले १५ शैयाको अस्पताल निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । गाउँ सभाबाट बिनियोजन गरेको ६७ लाख र आर्थिक मामिला तथा योजना मन्त्रालयको १ करोड गरि १ करोड ६७ लाख मध्ये भगवतिमाई गाउँपालिकाकै थापा कन्ट्रसनले १ करोड ५ लाखमा निर्माणको जिम्मा पाएको थियो । गाउँपालिका र प्रदेश सरकारको आर्थिक योजना मन्त्रालयका सहयोगमा अस्पताल निर्माण गरेपनि स्वीकृती मन्त्रालयले गर्नु पर्ने प्रावधान अनुसार अस्पताल स्वीकृत भएको जानकारी आफुले पाएको बताए । भैरवी गाउँपालिका वडा ४ का अध्यक्ष एव पुर्बधार समितिका संयोजक बीरेन्द्र बहादुर शाहीले गाउँपालिकाले १५ शैयाको अस्पताल निर्माणका लागि पेश गरेको प्रस्ताव स्वीकृत भएको बताउँदै अन्य बिषयहरुमा पालिकाले तत्कालै काम थालनी गर्ने बताए । गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले अस्पताल निर्माण पछि स्वास्थ्य सेवा बिस्तार हुने र सामान्य उपचारका लागि जिल्ला बारिह जानुपर्ने समस्या समाधान हुने बताए ।
जिल्ला स्वास्थ्य कार्यालय दैलेखका
प्रमुख डा ः निरञ्जन पन्तले संघीय सरकारले १५ शैयाको अस्पताल निर्माण गर्ने भनेको भएपनि निर्वाचन भएको ३ बर्ष पुग्नै लाग्दा समेत स्थानीय सरकारले त्यस प्रति चासो नदिको गुनासो गरेका छन् ।











